लाइफगार्ड अस्पतालमा आगलागी

लाइफगार्ड अस्पतालमा आगलागी
विराटनगर। विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी भएको छ। विराटनगर ५ बरगाछीमा रहेको सो अस्पतालको आईसीयूमा आगलागी भएको हो। आगलागीको बख्त आईसीयूमा बिरामी नरहेको र आईसीयू खाली रहेका जनाएको छ। खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् । आइतबार दिउँसो उक्त घटना घटेको हो। विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ।

कोशी प्रदेशमा भोली सार्वजनिक बिदा

कोशी प्रदेशमा भोली सार्वजनिक बिदा
इनरुवा । आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोली शुक्रबार एक दिन आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्रालयले सो बिदाको जानकरी एक सुचना जारी गर्दै जनाएको हो।

छ सय ११ किलोग्राम गाँजा सहित दुई भारतीय पक्राउ

छ सय ११ किलोग्राम गाँजा सहित दुई भारतीय पक्राउ
गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारततर्फ गाँजा तस्करी गरि लैजाने योजनामा रहेका उनीहरिलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलाल प्रसाद जैसवालका अनुसार बिहारको मोतिहारीका २५ वर्षीय गुड्डु कुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिष कुमार...

आधारभुत विद्यालयको भवन उद्घाटन

आधारभुत विद्यालयको भवन उद्घाटन
भोक्राहा। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको साझेदारी लगतमा भोक्राहा नरसिंह २ आधारभुत विद्यालयको नव निर्मित चार कोठे भवन उद्घाटन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको योजना गरि गाउँपालिका अध्यक्ष अजम अखतर अजादले भवनको उदघाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु एवं निवर्तमान व्यवस्थापन समिति पदाधिकारीहरूक...

इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु
इटहरी। शुक्रवार दिउँसो इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । इटहरीको मुख्य चौकमा अन्दाजी ४० वर्षीय पुरुषको ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । मृतक व्यक्तिको पहिचान हाल सम्म नखुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। इटहरीको मुख्य चौकबाट विराटनगर जाने मोडमा साइकल यात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।...

दुई भारतीय नागरिक पेस्तोल सहित पक्राउ

दुई भारतीय नागरिक पेस्तोल सहित पक्राउ
लहान। प्रहरीले पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ गरेको छ। ठाडी सडकखण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा दुई भारतीय पेस्तोलसहित पक्राउ परेका हुन्। पक्...

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ

दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ
इनरुवा। दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबीकी ६ वर्षीया बालिकालाई अपहरण गरेर विराटनगर १० मा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दुहबीमा साउन १५ गते मङ्गलवार दिएको निवेदनका आधारमा प्रहरीले हराएको बालिकालाई बुधवार विराटनगरबाट सकुशल उद्धार गरिएको हो। घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का...

इनरुवामा रक्तदान

इनरुवामा रक्तदान
इनरुवा। सुनसरीको इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रियसेवक भवनमा मंगलबार विहान ७:३० बजे रक्तदान कार्यक्रम सुरु भएको हो। सहिद मनोज, भुपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनु भएको छ। नेपाल रेड्क्रस सोसाइ...

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला

इनरुवाका एक युवा विराटनगरको होटलमा मृत फेला
इनरुवा । इनरुवा नगरपालिका–६ घर भएका राजीव फुयाँल आज बिहान मृत भेटिएका हुन् । २८ वर्षीया फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटलको कोठा नम्बर १०८ मा आज बिहान मृत भेटिएका हुन् । उनि म्यानपावर व्यवसायी रहेको प्रारम्भिक अनुसंधानले बताएको छ। होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि प...

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार

कोशी ब्यारेजमा हाम फालेकी महिलाको सकुशल उद्धार
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानामा जोडिएको कोशी नदिको पुलबाट एकजना महिलाले नदिमा हाम फालेकिछिन्। कोशी पुलको ११ नम्बर ढोकाबाट महोत्तरी जिल्लाबाट आएकी महिला मन्दी देवी यादवले हाम फालेकि थिईन्। उक्त महिलालाई कोशी ब्यारेजमा खटिएका प्रहरी द्वारा सकुशल उद्धार गरिएको छ। पानीको बहाबसंगै बगिरहेको अबस्थामा मन्दी देवी यादवलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दिउँसोको करिब २ बजेको समयमा उक्त महिलाले को...
trusted online casino malaysia