सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ
इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचन...












