आगलागीमा दुई महिलाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो।मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए। राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। आगल...












