विराटनगरमा आजदेखि खुल्ला रूपमा मासु बिक्री गर्न नपाइने
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो ।अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोला...












