dhoni

३ चैत्र, नागपुर । भारतीय कप्तान महेन्द्र सिंह धोनीले टि–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नै पराजित भएपछि ब्याट्सम्यानहरुलाई दोषी ठहर गर्दै परिस्थितिको सही आँकलन गर्न नसकेको बताएका छन् ।

मंगलबारराति भएको खेलमा भारत न्युजिल्याण्डसँग ४७ रनले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनाएको थियो ।

जवाफमा भारत १८.१ ओभरमा ७९ रन बनाउँदै अलआउट भयो । धोनीले म्याचपछि कुरा गर्दै आफूहरुले न्युजिल्याण्डलाई कम रनस्कोरमा समेटेपनि ब्याट्सम्यानहरुले निराश बनाएको बताए ।

ब्याट्सम्यानहरुले राम्रो शट खेल्न नसकी आउट हुँदा आउनेवाला ब्याट्सम्यानहरु दबाबमा परेको उनको भनाई थियो । उनले न्युजिल्याण्डले आफ्नो टिमको कमजोरीको फाइदा उठाएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले राम्रो बलिङ र परिस्थितिको फाइदा उठाएको उनको भनाई थियो । हामीहरु राम्रो खेल्न सक्छौ तर परिस्थितिको मुल्यांकन गरेर खेल्ने अभाव रह्यो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia