darnal

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत गायक तथा संगीतकार तुलाधर दर्नालको दशैं तिहार गीत केहि दिन अगाडि मात्र सार्वजनिक भएको छ| “यो दशैंमा तिमीलाई भेट्न” बोलको गीतमा शब्द, संगीत तथा स्वर उनको आफ्नै रहेको छ भने संगीत संयोजन दिनेश राजभाको रहेको जानकारि गायक दर्नालले दिएका छन्| मोरङ जिल्लाको सुदुर पूर्वी दक्षिणी ग्रामिण भेग सिजुवा घर भइ हाल राजधानी बसेर संगीत क्षेत्रमा लागिरहेका दर्नालको पहिलो एल्बम “समर्पण” २०६५ मा बजारमा आएको थियो| उक्त एल्बमको “बिचै नदीमा तिमीले छाड्यौ मलाइ यसरी” निकै चर्चित भएको थियो| उनलाई यस क्षेत्रमा सोहि गीतले नै चिनाएको थियो| उनको आउने नया एल्बमका गीतहरु धमाधम रेकर्ड हुने क्रममा छन्| गायक तुलाधर दर्नालको नया दशैं तिहार गीतको भिडियो तयार नभई सकेकोले उक्त गीतलाई गायकले आफ्नो युट्युब च्यानलमा अडियो राखेका छन्|

गित सुन्नलाई यहा क्लिक गर्नुहोस:

तपाईको प्रतिक्रिया