baburam bhattarai१८ वैशाख, सुनसरी । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका सँयोजक डा.बाबुराम भट्टराईले अहिलेको संसद खच्चड र खिचडि जस्तो भएको आरोप लगाएका छन् । शनिवार सुनसरीको इटहरीमा आयोजित सडक सभालाई सम्बोधन गर्दै भट्टराईले पुरानो ढर्रा र प्रणालीबाट देशको विकास सम्भव नभएको भन्दै एमाले काँगे्रस र एमाओवादी जस्ता दलहरुले नेपालको आधुनिक विकास र आमुल परिवर्तनका लागि केहि गर्न नसक्ने ठोकुवा गरे ।

जारी संविधान अहिले सम्म जारी गर्न नसक्नु दलहरुकै कमजोरी रहेको भन्दै नेपाली जनताले वास्तविक लोकतन्त्रको महशुस गर्न नसकेको बताए । उनले देशलाई समृद्धिको बाटोमा अघि बढाउन नयाँ शक्ति नेपालसँग प्रसस्तै भिजन भएको भन्दै जनताले साथ र सहयोग गर्नेमा विश्वस्त रहेको बताए । आफ्नो जीवनकालमै नेपाल समृद्ध र सम्पन्न मुलुक भएको देख्न पाउने तीव्र इच्छा रहेको भन्दै दुइ दशक भित्र उक्त सोच व्यवहारमा बदलिने ठोकुवा गरे ।

आफ्नो पाटिको लक्ष्य अनुसार दश बर्ष भित्र स्वदेशका कुनै पनि नागरीक बेरोजगार हुनु नपर्ने र कुनै पनि नागरीक गरिब नहुने बताए । जेठ ३० गते घोषणा हुने आफ्नो पाटिको केहि नीति तथा कार्ययोजना प्रस्तुत गर्दै भट्टराईले अदालतबाट कानुनि रुपमा दोषि देखिएका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल निलम्बन गर्ने र कुनै पनि आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई कुनै हालतमा माफि नदिने बताए । उक्त कुराको व्यवहारमै शूरुवात गरिसकेको बताउँदै राजनीतिको मुहानबाटै सफा विचार र व्यवहार देखाएर गरेर जनतासामु नमुना रुपमा प्रस्तुत हुने प्रतिवद्धता जाहेर गरे ।

उनले नक्कली राष्टवादले मुलुक आक्रान्त भएको भन्दै छेउ छेउका ठुला दुई मुलुकसँग पौंठे जोरी खेल्नु भन्दा असल सम्बन्धको विकास गरि नभुक्ने र नझुक्न राष्टवादको आत्मासाथ गर्नुपर्नेमा जोड दिए ।  आप्नो पाटिले आर्थिक पारदर्शितालाई मुख्य एजेण्डा बनाएको हुनाले कुनै पनि व्यक्ति तथा सँस्थाबाट प्राप्त सहयोगलाई बैँकिङ्ग पद्धतिमा राखेको बताउँदै आर्थिक अनियमितता नहुने बताए ।  उनले देशले राजनीतिक आन्दोलनको चरण पार गरिसकेको हुनाले आर्थिक समृद्धिका लागि आर्थिक एजेण्डालाई आत्मासाथ गरेर मुलुकको हितका लागि अघि बढ्नु पर्नेमा जोड दिए ।  सभामा नयाँ शक्ति नेपालका मुमाराम खनाल, डम्बर खतिवडा लगाएतले समेत बोलेका थिए ।पुर्वेलिबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia