१० जेठ, रविन्द्र साह, सप्तरी।सप्तरीको प्रशवनी गाविस ६ स्थित भित्री सडक खण्डमा सोमबार विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थीहरु घाइते भएका छन् ।घाइते हुनेहरुमा प्रशवनी ६ निवासी ६ वर्षिय अंकित मण्डल, ३ वर्षिय दिपेन्द्र मण्डल, ७ वर्षिया मनिषा कुमारी दास, ८ वर्षिय राहुल मण्डल, ७ वर्षिया श्रृजना मण्डल र सीतापुर ६ निवासी २६ वर्षिय बद्रि नारायण माझी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दक्षिणबाट उत्तर जाँदै गरेको एकेडेमि बोर्डीङ स्कुलका बा १३ च २५९२ नं.को भ्यान कल्भर्टमा ठोक्किएर पल्टिदा विद्यार्थीहरु घाइते भएका हुन् । घाइतेहरुको स्थानिय क्लिनिकमा उपचार भईरहेको तथा अवस्था गम्भिर भएका घाइतेलाई सामान्य उपचार पश्चात धरान घोपा तर्फ पठाइएको प्रहरीले जनाएको छ ।घाइते मध्ये गम्भिर भएका अंकित र बद्रिलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।








