१७ जेठ, रविन्द्र साह सप्तरी। (प्रतिनिथि तस्विर) सप्तरीको मल्हनमा गाविसका स्थानीयबासीहरुले चन्दा संकलन गरी बाटो निर्माण कार्य शुरु गरेको छ । सो गाविस वडा नं. ५ का स्थानीयबासीहरुले चन्दा संकल्न गरी सो बाटो निर्माण कार्यको थालनी गरेका हुन । मल्हनमा गाविस ५ मा बर्षाले गर्दा हिलोले प्रभाव पार्न थालेपछि सो कार्यको शुरुवात गरेको हो । गाविसबाट पटक पटक बजेट माग गर्दा पनि गाविसले आलटाल गर्ने गरेपछि स्थानीयबासीहरुले चन्दा संकलन गरी सो बाटो निर्माण कार्यको थालनी गरेको जनाएको छ ।
२ सय ५० रुपैयाँका दरले प्रति व्यक्ति चन्दा संकलन गरी सो बाटा निर्माण कार्यको थालनी गरेको स्थानीय सबल नेपालका सामुदायिक परिचालक राधेश्याम रामले जानकारी दिनुभयो । सो वडामा करिब २ सय २५ घरबाट हजारौ रकम संकलन गरी बाटो निर्माण कार्यको थालनी गरेको वडा नागरिक मंचका अध्यक्ष महिश्वर चौधरीले जानकारी दिनुभयो ।आफ्नो गाउँ आफै बनाउँ भन्ने नारालाई साकार पार्नको लागि स्थानीयबासीहरुले चन्दा संकलन गरी सो अभियानको थालनी गरेको संयोजक
चौधरीले जानकारी दिनुभयो








