१८ जेठ, बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले चोरी भएका मोटरसाईकल पक्राउ गरी सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ । करिब ४ महिना अघि गोरखा डिपार्टमेण्ट स्टोर अगाडीबाट सुनसरीको ईटहरीका बिनोद राईको मोटरसाईकल हराएको थियो । सो मोटरसाईकल चोरीमा संलग्न मोरङको डाँगीहाट ९ का सुरज चौधरी नामका दुईजना युवालाई आफनै घरमा वसिरहेको अबस्थामा प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

motercycle chori belbari

प्रहरीले मोटरसाईकल धनी राईलाई सोमबार मोटरसाईकल हस्तान्तरण गरेको छ । सिसि क्यामेराको सहयोगमा प्रहरीले बाईक चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले बताए । बिभिन्न चोरीका घटनामा संलग्न पोखराका गंगा आलेमगर र मोरङ गोठगाउँका विजय खत्रीलाइ १५ दिनअघि बेलवारी प्रहरीर्ले पक्राउ गरेको थियो । उनीहरुको साथबाट तीन तोला सुनका गहना, ३ थान एलइडि टिभि, २ थान स्कुटर २ थान डिभिडि, ८ तोला चाँदीका गहना लगायत विभिन्न इलेक्ट्रोनिक्स सामानहरु प्रहरीले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia