२७ जेठ, रविन्द्र साह। सप्तरीको पूर्वी भेगमा हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । पछिलोपटक मंगलबारराति सप्तकोसी नागरपालिका–९ स्थित कमलपुरमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक बथानले ६ वटा घरमा तोडफोड गरेको छ । करिब तीनवटा समूहमा आएका हात्तीले स्थानीय सत्यनारायण यादवसहित चार परिवारको छ वटा घरमा क्षती गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।सो हात्तीको समूहले घरमा क्षति पुर्याउनुको साथै घरभित्र रहेका अन्नपात खाएको छ भने लत्ताकपडा र भाँडावर्तनमा समेत क्षति पुर्याएको प्रहरी नायबनिरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । हात्तीलाई स्थानीयवासी र प्रहरी मिलेर आरक्षतिर लखेटेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia