५ साउन, मोरंग। (प्रतिनिथि तस्बिर) विराटनगरमा पनि असनरत डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै प्रदर्शन गरिएको छ ।विराटनगरको ट्राफिक चौकमा  मंगलबार स्वास्थ्य क्षेत्र भित्र मौलाएको विकृतिविरुद्ध अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन गरियो ।

हातमा कालो पट्टी बाधेका विराटनगरवासी स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर, उनले उठाएका माग पूरा गर आदि लेखिएको प्ले कार्ड लिएर सडकमा उत्रेका थिए ।स्वतःस्र्फुत रुपमा नगरबासिहरु जम्मा भएर डा. केसीको अभियानलाई समर्थन गर्दै सडकमा उत्रिएका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia