१२ मंसिर, सुनसरी । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ सुनसरीको १० औं साधारण सभा इटहरीमा स्थित अाेम पाथिभरा हाेटलमा सम्पन्न भएको छ । क्यान महासंघ सुनसरीका अध्यक्ष भिमप्रसाद गिरीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य ठाकुरकुमार श्रेष्ठ, क्यान महासंघका पूर्व केन्द्रीय सदस्य रामकुमार रार्इ लगायतहरूले उपस्थिती रहेकाे थियाे ।
संस्थाका उपाध्यक्ष भव तिम्सिनाले अतिथि एवं सदस्य हरूलाई स्वागत गर्दै सुरु भएकाे उक्त कार्यक्रममा रिक्त अवस्थामा रहेकाे कार्यसमिती सदस्य पदमा सदस्य टंकनाथ भटरार्इलार्इ नियूक्त गरिएकाे थियाे । कार्यक्रमा कोषाध्यक्ष विशाल बास्ताेलाले आर्थिक वर्ष ०७२-७३ को आर्थिक प्रतिवेदन ,सचिव सन्देश रार्इले आर्थिक वर्ष ०७२-७३ सालमा गरेको प्रगति विवरण तथा क्यान सुनसरी अध्यक्ष भिम प्रसाद गिरीले वार्षिक कार्य योजना पास गर्दै सम्पन्न भएको थियो ।









