blood donation raktadan kerabari morang sunsari

१२ पुष, इटहरी । “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूलमन्त्रका साथ स्थापित मोरङ सुनसरी सेवा समाज नेपालले संस्थाको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ६० प्रिन्ट रगत संकलन गरिएको छ ।

रक्तदान जीवनदान, जीवनदान महादानलाई आत्मसाथ गर्दै मोरङको केराबारी स्थित गाविसको प्राङ्गणमा विभिन्न संघसंस्था तथा व्यवसायीहरुको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम भव्य रुपमा हिजो सम्पन्न भएको छ । विभिन्न सामाजिक परोपकारी कामबाट मानविय सेवामा समर्पित संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीको सभापतित्वमा आयोजित सो कार्यक्रममा केराबारी गाविस प्रमुख शान्तिराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न कोणबाट सहयोग पुर्याउने सहयोगी संस्थालगायत उक्त संघसंस्थाका प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, समाजका प्रबुद्ध अगुवाहरुको आतिथ्यता रहेको सो कार्यक्रमलाई संस्थाका सदस्य नारायण भुजेलले स्वागत मन्तव्य राखेका थिए । संस्थाका महासचिव खगेन्द्र कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा पाँचौं वार्षिकोत्सवको प्रतिकका रुपमा पाँच जना रक्तदाताबाट उद्घाटन गरिएको थियो ।

मोरङसुनसरी सेवा समाज केन्द्रदेखि प्रवास शाखाका वर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार, आजिवन सदस्य तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा केराबारीस्थित खदम क्याम्पसका प्रमुख टेकबहादुर थपलिया र प्रमुख अतिथिले बोलेका थिए ।
प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान गर्दै आएको सो संस्थाकोे कार्यक्रममा झण्डै १०० बढीको स्वास्थ्य परिक्षण गर्दा साठी जना मात्र रक्तदानको लागि योग्य भई रक्तदान गरेका छन् ।

अत्याधिक महिला तथा पुरुषहरुमा प्रेसरको समस्यालाई रक्तदान दिन अयोग्य भएका थिए । यद्यपि केराबारीको वस्तुस्थिति, सार्वजनिक बिदा नपरेको दिन भएका पनि संस्थाले अनुमान गरेको रक्तदान भन्दा निकै कम रगत संकलन भएको छ । कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीले भोलि हाम्रो र हाम्रो समाजमा रहेका व्यक्तिहरुको आपतकालीन अवस्थामा भरपुर सहयोग गर्दै जीवन रक्षाका लागि गरिएको यो पुन्य कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने, कार्यक्रमलाई साथ र सहयोग प्रदान गर्नुहुने विभिन्न तह र तप्काका व्यक्ति, संघसंस्था तथा बुद्धिजीवि, युवा सबैलाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia