koshi  nadi sramik
अमर काफ्ले सुनसरी /यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षमा खर खडाई जारी छ । आरक्ष भित्र सर्वसाधारणकालागि प्रवेश खुला गरिएको छ । आरक्षमा अर्ना, हात्ति, बँदेल जस्ता जंगली जनावर निकै छन् । यद्यपी स्थानीयभने ज्यानै जोखिममा पारेर भएनी जिविकोपार्जनका लागि जंगल धाउन बाध्य छन् ।

मध्यवर्ती क्षेत्रका बासिन्दा यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षमा खर खडाईकालागि निकै व्यस्त छन् ।आरक्ष कार्यालयले सर्वसाधारणकालागि प्रवेश खुल्ला गरेसँगै खर काट्न आरक्ष पुग्नेको संख्या उच्च छ ।आरक्ष कार्यालयका अनुसार एक हजारको हाराहारीमा सर्वसाधारण खर तथा दाउरा संकलनकालागि आरक्ष भित्रको जंगलमा पुग्ने गरेका छन् ।

खर खडाई त्यति सहज पक्कै छन् । अर्ना,हात्ति,बँदेल जस्ता जंगली जनावरबाट हुन सक्ने सम्भावित आक्रमणबाट जोगिएर खर काट्ने तथा दाउरा संकलन गर्नु निकै चुनौतिपूर्ण छ ।यतिवेला आरक्ष कार्यालयले खर खडाईका लागि विभिन्न ६ स्थानबाट सर्वसाधारणकालागि   प्रवेशको व्यवस्था मिलाएको छ ।

koshi  nadi sramik1

अघिल्लो वर्ष आरक्ष भित्रै निकै खर थियो । नजिकै प्रशस्तै खर भेटिने गरेतापनि यस पटक भने खर काट्नकालागि स्थानीयहरुले निकै भित्री भाग सम्म पुग्नु परिरहेको छ । जसले गर्दा समेत जंगली जनावरको आक्रमणको सम्भावनालाई बढाएको छ । यद्यपी उनिहरु जोखिम मोल्नुलाई स्वभाविक रुपमा लिने गर्दछन् ।

आफुहरुको बाध्यता भएको बताउने स्थानीयहरु जिविको पाजर्नकालागि ज्यानको जोखिम मोल्नु कुनै नौलो कुरो नभएको पश्चिम कुशाहा ४ का प्रमोद विश्वास बताउँछन् ।बिहीवार कोशी किनार क्षेत्रमा खर काट्ने क्रममा भेटिएका मोहमद रफिक अन्सारी बाध्यता र कमाईको आशमा सम्भावित जोखिमका बाबजुत खर काट्न आएको बताउँछन् ।

उनिमात्र नभएर खर काट्न पुगेका अधिकांशको भनाई प्रति सोराई एक हजारको हाराहारीमा बिक्री हुने खरबाट आएको रकम परिवारको दैनिकी गुजाराकालागि भएको बताउँछन् । काटेर भेला पारिएको खर स्थानीयहरुले घर छाउन, टाटी बुन्न, गुन्द्री बनाउन समेत प्रयोगमा ल्याउने गरेका छन् ।

खर खडाईकालागि बुधवारबाट शुक्रबार सम्म तीन दिनकालागि सर्वसाधारणकालागि प्रवेश खुला गरिएको छ । खरसँगै स्थानीयहरुले दाउरा समेत संकलन गरी विक्रि गर्ने गरेका छन् ।आरक्ष कार्यालयमा हात्ति आतंक कम भएको छैन् । केही मत्थर भएनी बेलाबखत जंगली हात्तिको सो क्षेत्रमा विनाशलिला कायमै छ । जंगली हात्तिले निकैनै नोक्सानी पुर्याएको छ । अर्ना र बँदेलको आक्रमण पछिल्लो दुई दिनयता बढेर गएको छ ।

बुधवार मात्रै बँदेलको आक्रमणबाट ४ जना स्थानीय घाइते भए । आरक्षमा खर काट्न गएकाहरु बँदेलको आक्रमणमा परेका थिए । बिहीवार ४० वर्षिया मधुवन १ बस्ने राधा देवी खत्वे अर्नाले हान्दा गम्भिर घाइते भइन् । खत्वेलाई थप उपचारकालागि इनरुवा बाट गोल्डेन हस्पिटल बिराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ । वर्षेनी खरखडाईको क्रममा दर्जन बढी सर्वसाधारण जंगली जनावरको आक्रमणमा परी घाइते हुने गरेका छन् ।

आरक्षले सर्वसाधारणकालागि सशुल्क प्रवेशको व्यवस्था त गरेको छ तर उसले प्रवेश अनुमति दिँदा नै सम्भावित जोखिमको स्वयं जिम्मेवार हुनु पर्ने र आरक्षको जिम्मेवारी नरहने स्पष्टै खुलाउने गरेको छ ।जोखिम मोलेर आरक्ष भित्र प्रवेश गर्नेहरुका सामू जिविको पार्जनको पाटोलाई तत्कालकालागि नै भएपनि केही सहज तुल्याउन ज्यानको बाजी थाप्नुको विकल्प नरहेको लौकही कुशाहा उपभोक्ता समितिका सचिव सुमन मण्डल बताउँछन् ।

२०३२ सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । सुनसरी,सप्तरी र उदयपुर गरी तीनवटा जिल्लाका १६ गाविस समेटिएको आरक्ष १९८७ मा रामसार सुचिमा सुचिकृत भएको हो ।आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा अति विपन्न समूदायको ज्यादातर बसोबास रहेको छ । उक्त समूदायलाई हरहमेसा विहान वेलुकाको छाक टार्न निकै धौधौ हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia