२२ फागुन इटहरी। सुनसरीको इटहरीमा राष्ट्रिय जागृति क्लवको  आयोजनामा  ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता  सुरु भएको छ । इटहरीको जनता स्कुलको खेल मैदानमा सुरु भएको इटहरी गोल्डकपको भौतिक यातायात तथा पुर्वाधार विकास राज्यमन्त्री सिताराम मेहताले उद्घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजक राष्ट्यि जागृति क्लव इटहरीलाई एपिएफ पुर्वाञ्चलले शुन्यका विरुद्ध एक गोलले हराएको छ ।

खेलको पुर्वाद्धको २६औं मिनेटमा  एपिएफका जर्सी नम्वर १० का हरि कार्कीले डिबक्स भित्र पाएको बललाई आकर्षक रुपमा जाली चुमाएपछि एपिएफले  अग्रता कायम गरेको थियो । पुर्वाद्ध सम्मको खेल अत्यान्त प्रतिस्पदात्मक रहेको थियो । आयोजक जागृतिले पनि गोल गर्ने धेरै अवसर पाएपनि खेलाडिहरु चुक्दा पुर्वाद्धको खेल एक शून्यमा सकिएको थियो ।

उत्राद्धमा आयोजक जागृति खेलमा फर्कन कोसीस गरेपनि नसक्दा खेल एक शुन्यले एपिएफले आफ्नो पक्षमा पारेको थियो । खेलको म्यानअफ द म्याच एपिएफका प्रदिप चौधरी बन्न सफल भए । आइतवारको खेल झापा ११ र मोरगं ११ विच हुने आयोजक जागृति क्लवका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia