२३ फागुन, इटहरी। इटहरीको जनता खेल मैदानमा जारी ११ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको चर्च ब्वाईज क्लव काठमाण्डौ र न्यूस्टार क्लव सुनसरीबीचको खेलमा चर्च ब्वाईजले सुनसरीलाई ३–१ गोलको फराकिलो अन्तरले पारजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ ।

पहिले हाफको २४ औ मिनेटमा पहिलो गोल गर्दै खेलमा आफ्नो अग्रता लिएको न्यूस्टार क्लव सुनसरीले त्यसपछिको खेलमा चर्च ब्वाईज क्लव काठमाण्डौको सामना गर्न प्रयास गर्दा पनि असफल भएको थियो ।

पहिलो हाफपछिको खेलको ५८ औ मिनेटमा चर्च ब्वाईजका खेलाडी रमेश दङ्गालले आफ्नो पक्षमा सुन्दर गोल गरे भने सोही टिमका अजय मार्टिनले ६५ र ७२ औ मिनेटमा २ गोल गरेर आफ्नो टिमलाई सेमी फाईनलको यात्राका लागि सुनिश्चिता दिलाएका थिए ,आजको खेलमा अजय मार्टिन नै म्यान अफ म्याच पनि घोषित भएका छन ।यस प्रतियोगिता अन्तर्गत भोलि ब्वाईज युनियन क्लव काठमाण्डौ र कञ्चनजङ्घा फुटबल क्लव दार्जेलिङ्ग भारतबीच हुने आयोजक राजा क्लवका अध्यक्ष सञ्जिव ढुङ्गानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia