काठमाडौँ। प्रविधिको विकासले घरमै बसेर पनि आम्दानी गर्ने प्रशस्त मार्ग खुलेका छन् । यसको अर्थ यो होइन कि कुनै काम नै नगरी पैसा कमाउन सकिन्छ। तर विश्वमै युवा पुस्ता देखि वृद्धवृद्धाको चासोमा रहेको युट्युब अहिले प्रविधि बुझेका नेपाली युवामाझ पनि लोकप्रिय बन्दै आएको छ।

युट्युबमा भिडियो अपलोड गरेर आम्दानी गर्ने नेपाली युवाको सङ्ख्या दिनहुँ बढ्दो छ। हातहातमा स्मार्टफोन भएको यो समयमा आफैले भिडियो खिचेर त्यसलाई युट्युबमा अपलोड गर्न त्यति धेरै प्राविधिक ज्ञानको जरुरत पनि पर्दैन, सामान्य कम्प्युटर चलाउन र इन्टरनेट बुझेकाले धेर थोर भिडियो इडिट सिक्ने हो भने केही दिनमै युट्युबमा भिडियो अपलोड गर्न जान्ने भइन्छ अनि अनुभव बढेसंगै यसमा पारंगत भइन्छ।

तर युट्युबमा भिडियो कसरी अपलोड गर्ने, सबैभन्दा पहिले के गर्नुपर्छ, पैसा कसरी आउने बनाउने र कसरी आउँछ सिक्न कुनै प्रशिक्षण केन्द्र पनि धाइराख्नु पर्दैन। जिमेल अकाउन्ट बनाउने देखि मनिटाइजेसन गर्ने अनि युट्युबमा कसरी भिडियो अपलोड गर्ने, यो भिडियो हेरेर सिक्न सकिन्छ । साभार – नेपाली हेडलाइन्स

तपाईको प्रतिक्रिया

trusted online casino malaysia