काठमाडौं । राष्ट्रिय राजनीति र आर्थिक-सामाजिक क्षेत्रमा मुलुककै अग्रणी सुदूरपूर्वी जिल्ला झापाका दुर्गम दक्षिणी गाउँ नीति-निर्माता र जनप्रतिनिधिको नजरमा पर्न सकेका छैनन् । भारतीय सीमाका यी गाउँमा उत्साहित भएर बुधबार मतदान गरेका मतदाताले गाउँ अधिकारसम्पन्न भएको र बजेट सोझै गाउँमै आएकाले अब चुनिएर आउने जनप्रतिनिधिले गाउँ विकसित र समृद्ध हुने अपेक्षा गरेका छन् ।

 झापाका दक्षिणी गाउँमा थारू, चौधरी, मेचे, कोचे, सन्थाल, राजवंशी, मुसलमान, बाहुन, क्षत्री, राई, लिम्बूजस्ता लगभग नेपालका सबैजसो जातिसमुदाय अद्भुत मेलमिलापका साथ बसोबास गर्छन् । सामान्य उपचार वा शिक्षा-दीक्षाका लागि उनीहरू विर्तामोड, दमक वा भद्रपुर जानुपर्छ । राज्यका निकाय र जनप्रतिनिधिको नजर आफूकहाँ नपरेको भन्दै खिन्नता व्यक्त गर्छन् उनीहरू । बुधबार मतदानको दिन मतदानकेन्द्रका चियापसलमा धुर्रिएका सर्वसाधारणले राज्यसत्ताप्रति र नेताप्रति आक्रोश व्यक्त गरे ।

अहिलेको सदरमुकाम भद्रपुरभन्दा ५० किलोमिटर टाढा रहेको झापा जिल्लाको पुरानो सदरमुकाम झापाबजारका दुई-तीन चियापसलमा पुग्दा मतदाताको मनमा आक्रोश थियो तर मुखमा मुस्कान । सामाजिक सद्भाव र मेलमिलापमा अग्रणी यो गाउँमा सामान्य उपचारका लागि पनि एम्बुलेन्स वा गाडी खोजेर ३५ किलोमिटर टाढा विर्तामोड पुग्नुपर्छ ।

‘हामीलाई जनप्रतिनिधिले हेलाहोचो गरे,’ झापा गाउँपालिका-४ का विजय कोचले भने, ‘हामी समाज र मनका धनी छौं तर विकासमा धेरै गरिब । जिल्लाको पुरानो सदरमुकामलाई साँच्चै हेला गरिएको छ । अाजको अन्नपूर्णमा खबर रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia