धरान, २५ असार । विवादका कारण नतिजा घोषणा स्थगित गरिएको धरान उपमहानगरपालिका वडा ९ र १० को पुनःमतगणना गर्ने निर्णय निर्वाचन अधिकृतको कार्यालयले गरेको छ। निर्वाचन अधिकृत कमलबहादुर थापाले स्थानीय तह निर्वाचन निर्देशितका २०७३ को दफा १३८ बमोजिम वडा ९ र १० को दोहो¥याएर मतगणना गरी नतिजा प्रकाशन गर्ने निर्णय गरेको जनाएका छन् ।

गत सोमबार राति नतिजा प्रकाशन गर्नुअघि विवाद भएपछि कांग्रेसका मेयर उम्मेद्वार तिलक राईले वडा ९ को र वडाध्यक्षका उम्मेद्वार डम्बरसिंह लिम्बुले वडा १० को पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएका थिए । निवेदन आएपछि निर्वाचन अधिकृतले निर्वाचन आयोगसँग राय मागेको थियो ।

आयोगले शनिबार एक पत्र पठाएर निर्वाचन अधिृकतले निर्णय लिने भनी निर्देशन दिएपछि थापाले दोहो¥याएर मतगणना गर्ने निर्णय लिएको जनाएका छन् ।

यसअघि जयप्रसाद महत निर्वाचन अधिकृत भएको बेला नतिजा प्रकाशन गर्नुपूर्व वडा ९ र १० को विवाद भएको थियो । गणक कर्मचारीले गणना भएको मतलाई अनुसूची २ को फारममा इन्ट्री गर्दा मसाल चुनाव चिह्नको अर्को चिह्नमा भरिदिएको सार्वजनिक भएपछि विवाद सुरु भएको थियो ।आजको नागरिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia