इटहरी । लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला इटहरीबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ वर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
इटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिइन । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।








