२६ साउन, इटहरी। पछिल्लो समय पिडितका नाममा सहयोग रकम उठाउने र हिनामिना गर्ने क्रम बढेको छ । यो प्रचलनलाई रोक्न र पिडितहरुको घाऊमा मल्हमपट्टी लगाउने उद्धेश्यका साथ पुर्वेली मिडिया नेटवर्क अन्र्तगतको पुर्वेली न्युज र बेतना दैनिकले परोपकारी पत्रकारिताको थालनी गरेको घोषणा गरेका छन । संखुवासभाको मादीका क्यान्सर पिडित गणेश भुजेललाई बिहिबार एक कार्यक्रमको आयोजना गरी उनको उपचारका लागी ३२ हजार ४ सय १५ रुपैँया रकम समेत हस्तान्तरण गरिएको छ ।

पिडितकी श्रीमती मुगामाया भुजेललाई सो रकम नेटवर्कका प्रमुख शुरेसचन्द्र दहाल र उनका बुबा गोपीरमण दहालले संयुत्त रुपमा हस्तान्तरण गरेका छन । पिडित भुजेलले आर्थिक अबस्था कमजोर भएका कारण उपचार गराऊन नसकेको र उनको जिवनरक्षाको अपिल गर्दै एक साताअघि पुर्बेली न्युज, इनरुवा अनलाइन र बेतना दैनिकले समाचार प्रकाशन र प्रसारण गरेपछि देश तथा बिदेशबाट उनलाई सहयोग गर्ने दाताहरुले चासो देखाएका थिए ।

उनको उपचारका लागी बिदेश तथा स्वदेशमा कार्यरत ७ जनाले संयुत्त रुपमा संकलन गरी पठाएका छन। हङकङ लगायतका मुलुकमा उनको सहयोगका लागी रकम संकलन भईरहेको छ । भुजेल सेवा समाजका केन्द्रिय सदस्य राम भुजेल र काठमाण्डौका शुक्र राईले अस्पतालमै भेटेर सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन । दयनीय आर्थिक अबस्था भएका भुजेललाई भरतपुर क्यान्सर अस्पतालले उपचारका ५ लाख बढी रकम आबश्यक रहेपछि भुजेल परिवारले सहयोगका लागी अपिल गरेको थियो । शुरुमा भुजेलको चिउडोमा सानो घाऊ निस्किएको र पछि सोही घाऊ बढदै गएर क्यान्सरको रुप धारण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा पिडितकी श्रीमती मुगामायाले सञ्चारमाध्यायमकै कारण देशबिदेशवाट रकम संकलन भएको र श्रीमानले उपचार पछि नयाँ जिवन पाउनेमा आशावादी भएको बताईन । उनले दाताहरुलाई भगवान भन्दै बिशेष धन्यवाद समेत दिईन । आँखाभरी आँसु पारेर उनले आर्थिक अभावका कारण श्रीमान उपचार गराउन नसकेको अबस्थामा पनि मिडिया र दाताहरुलाई धन्यवाद दिईन । उनले दाताहरुलाई अझै सहयोग गरेर श्रीमानको जीवनरक्षाका लागी अपिल समेत गरिन । कार्यक्रममा बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतले आफुहरुले गरेको सानो प्रयासले कसैको जीवनमा यति ठुलो खुसी ल्याउँछ भन्ने कुराको कल्पना पनि नगरेका अबस्थामा मनकारी दाताहरुको सहयोगका कारण एउटा उपचारको अभावमा छटपटिएको पिडितको उद्धार भएकोमा खुसी लागेको बताए । पिडितको घाऊमा मल्हमपट्टी लगाउने उद्धेश्यका साथ परोपकारी पत्रकारिता शुरु गर्ने समेत उनले बताए ।

कार्यक्रममा पुर्बेली मिडिया नेटवर्कका शुरेसचन्द्र दहालले पिडितलाई सहयोग गर्ने उद्धेश्यका साथ केही मिडिया हरुसँग सहकार्य गरेर परोपकारी पत्रकारिताको थालनी गर्ने र यस्को शुरुवात भने भईसकेको बताए । उनले पछिल्लो समय पिडितका नाममा सहयोग रकम उठाएर दुरुपयोग गर्ने गरेका कारण यसलाई पारदर्शी रुपमा सहयोग रकम पिडितको हातमा पुगोस भन्ने उद्धेश्यका साथ सबै दाताहरुको नाम र उनीहरुले प्रदान गरेको सहयोग रकम समेत मिडियामै सार्बजनिक गर्ने प्रतिबद्धता जनाए । अाज २०७४  साउन २५  गते बुधबार सम्म जम्मा भएकाे रकम पिडितलार्इ हस्तानतरण गरिएकाे र अब जम्मा हुने रकम पुन हस्तानतरण गरिने समेत जनाए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia