०१ भाद्र, गोपाल काफ्ले पथरी । मोरङको पथरीशनिश्चरे—१ स्थीत पथरी बजारमा माहामारी फैलन सक्ने भन्दै किरात मार्ग निर्माण समितिले बंगुर लगायतका चौपाया तथा पंक्षी घनाबस्तिबाट हटाउन माग गरेको छ । केहीदिन अघि परेको अविरल बर्षाको डुबान, बाढी, पैरोको कारण तथा सहरमा हुने थप फोहोर मैलाले झाडापखाला, टाइफाइड, जण्डिस, आउँ, मासी तथा हैजा जस्ता माहामारी फैलन सक्ने सम्भावनालाई ख्याल गर्दै सहर बजारबाट बंगुर, बाख्रा, गाईभैंसी र रोग सार्नसक्ने पंक्षी तत्काल हटाउनु पर्ने पथरीशनिश्चरे गनरपालिकासँग अनुरोध गरेका छन ।

पथरीको किरात मार्ग लगायतका क्षेत्रमा बजारभित्र अव्यवस्थित बुंगुर पालन, शौचालयको ढल पैनीमा खसाएको, ग्यास पाएप अव्यवस्थित रहेको छ । सो कार्य तत्काल व्यवस्थपन नगरे हैजा फैलनसक्ने सम्भावना भएको भन्दै नगरले माइकिङ्ग गरेर शौचालय व्यवस्थित गर्न र बंगुर लगायतका पशुपंक्षी तुरुन्त बजारबाट हटाएर व्यवस्थित गर्न किरात मार्ग निर्माण समितिलेले नगरपालिकासँग अनुरोध गरेको हाे ।

समितिका अध्यक्ष अर्जुन जम्नेली राई, सचिव पुष्प लामा, सहसचिव टेकेन्द्र लिम्बू लगायतका टोलीले सोको माग गर्दै बुधबार नगर प्रमुख दिलिपकुमार राईलाई भेटेर तीन बुँदे पत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia