१ भाद्र, इटहरी । नेपाल तरुण दलले बाढी पहिरो पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न सबै जिल्ला एक तरुण एक राहत अभियानको थालेको छ । विज्ञप्ती निकाल्दै तरुण दलले राहत र उद्धारमा खट्न निर्देशन दिएको थियो ।
अभियान अनुसार तरुण दल सुनसरीले पनि जिल्लाका बाढी पिडितहरुको लागी राहत संकलन अभियान थालेको छ । साउन २७ गते आएको बाढीले इटहरी, इनरुवा, दुहबी लगायतका क्षेत्रका घर बगाउनुको साथै १२ जनाको मृत्यु भएपछि पिडितको राहतको लागी अभियान संञ्चालन गर्ने भएको हो ।
बढी प्रभाबित क्षेत्रको रुपमा रहेको इटहरीका बिभिन्न वडाका करिब १५ सय पिडित परिवारको लागी अभियान थालिएको तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङले बताए । आर्थिक संकलनलाई रोक लगाउदै सहयोगी दाताहरुबाट संकलित राहत सामाग्री पिडितहरुलाई मंगलबारबाट वितरण गर्ने उनले बताए । राहत कार्यक्रममा स्वास्थ्य शिविर, निशुल्क औषधी, खाना खुवाउने लगायतका काम गर्ने बताइएको छ । यस्तै पिडितहरुको घर पूनंनिर्माणको लागी त्रिपाल र बाँस पनि वितरण गर्ने योजना रहेको गुरुङको भनाई छ । उनले बाढी प्रभाबित क्षेत्रमा दुई हजार तरुण युवाले घर पूनंनिर्माणको लागी श्रमदान पनि गर्ने बताए ।
राहत सकंलन अभियान अनुरुप माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र उनका छोराबाट दुई सय थान त्रिपाल र झुल संकलन भएको छ । भुकम्प पिडितहरुको लागी ल्याएको त्रिपाल र झुल मध्ये बचेको तरुण दल सुनसरी समितिलाई कोइराला परिवारले हस्तानतरण गरेका थिए । यसै गरी अन्य स्थानमा पनि राहत संकलन अभियान जारी राखिएको गुरुङले बताए ।









