अमर काफ्ले, इनरुवा। सुनसरीमा ५७ हजार ७ सय ६३ नयाँ मतदाता थपिएका छन् । साउन १ गतेबाट संचालन गरिएको फोटो सहितको मतदाता नामावली संकलनको क्रममा २७ हजार ६ सय २८ पुरुष र ३० हजार १ सय ३५ महिलाले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार सबै भन्दा बढी इटहरी उपमहानगरपालिकामा ११ हजार ४ सय ६६ जनाले नाम दर्ता गराएका छन् । धरान उपमहानगरपालिकामा ११ हजार ३७ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउँदा इनरुवा ४ हजार ९, बराह नगरपालिकामा ८ हजार ६ सय ७, रामधुनी नगरपालिकामा ५ हजार ४ सय ७५ र दुहवी नगरपालिकामा २ हजार ८ सय ३४ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख जानकी कर्णले बताउनुभयो ।

गाउँपालिकाहरुमा समेत उत्साहपूर्वक सहभागिता देखिएको कार्यालयले जनाएको छ । सुनसरीका ६ गाउँपालिकामा ८ हजार २ सय ४८ जना नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia