९ भाद्र, सप्तरी। सप्तरीको सुरुङगा नगरपालिका ५ मा बहीबार राती सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ५५ बर्षिया सुगवतीदेवी यादब रहेकी छन्।
यादबलाई राती पिसाब फेर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा बिषालु सर्पले डसेको थियो। सर्पको डसाईबाट गम्भिर घाईते उनको राहु स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।








