तनाव नियन्त्रणका लागि प्रहरी समेत त्यस स्थानमा पुगेको थियो । प्रतिष्ठानका उपकुलपति, अस्पस्ताल निर्देशक, रजिष्टार तथा शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको ताला केही बेरमा अर्को समूहले फोडेपछि आक्रोसित बनेका कर्मचारी समाजले पुन तालाबन्दी गरी आन्दोलनमा उत्रिएको थियो ।
कर्मचारीको जायज मागलाई सम्बोधन गर्नका लागि घोषित कार्यक्रम अनुसार प्रतिष्ठानका चारवटै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने थाहा पाएपछि त्रसित मानसिकता बोकेर उपकुलपति प्रा.डा रौानियारले बाहरिको गुण्डा प्रयाग गरेर ताला फोडेको कर्मचारी कल्याणसमाजका अधयक्ष सुजेन्द्र तामाङले बताउनुभयो । उहाले कर्मचारीको जायज मागलाई दबाउने उद्देश्यले भाडाका गुण्डा प्रयोग गरी आन्दोलन दबाउने प्रयास गरेकाले अब उपकुलपति रौनियारको राजीनामा नहुन्जेल कर्मचारीको आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
कर्मचारीहरुले १ सय ४ शैयाको निर्माण हुन लागेको मातृशिशु सेन्टर निर्माणमा कल्सल्टेन्सीलाई फरक फरक रकम दिएको, ४ सय शैया मुटुसेन्टर र ४ सय शैयाको क्यान्सरको भवन निर्माणमामा घोटाला गरेको, १२ करोड पर्ने एमआरआई मेसिन १६ करोडमा खरिद गरेर भ्रष्टाचार गरेको लगायतका आरोप समाजले लगाउदै हरहिसाब सार्वजनिकको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । यस विषयमा केही समय अगाडि अख्तियारले छानबिन गर्न खातापाता नियन्त्रणमा लिई छानविन समेत गरिसकेको अवस्था छ ।









