१७ असोज, राजविराज दिलिप साह। सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. ११ राजपुर टोलकी २३ वर्षिया ललिताकुमारी चौधरीको काठमाण्डौ स्थित किष्ट मेडिकल कलेजका चिकित्सकको लापर्बाहीका कारणले मृत्यु भएको आरोप लगाएको छ ।

राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका परिवारजनले यस्तो आरोप लगाएका हुन् । मृतकका दाजु देवकान्तले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने तथा अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा फेरी पनि कसैको ज्यानमाथि खेलवाड नगर्योस भन्ने माँग गर्नुभएको छ ।

साबिक रामपुर जमु्वा ६ राजपुर टोल निवासी तथा हाल सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. ११ निवासी सुरैतलाल चौधरीकी छोरी ललिता उपचार गराउँन गएकी तर निको भएर फर्किनन् । जिल्लाको कृष्णा सवरन गाउँपालिका घर भएको हाल काठमाडौं बस्दै आएकी २३ वर्षिया ललिता पाँच महिना अगाडि मात्रै ओम प्रकाश चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । भदौ १७ गते ललिताको पेट दुखेपछि ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

भर्नासँगै ललिताको उपचार प्रक्रिया शुरु पनि भयो । ललिताको मृगौलामा ढुङ्गा अर्थात पत्थरी रहेको चिकित्सकहरुले बताएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।  अस्पताल भर्ना भएको एक हप्तामै पत्थरीलाई निकाल्न चिकित्सकहरुले लेजर अप्रेशन गरेपछि पनि ललिता विस्तारै शिथिल हुदै गएकी थिइन् । अप्रेशन गरेको दुई हप्तापछि एउटा मृगौलामा संक्रमण देखियो भन्दै चिकित्सकले त्यो मृगौला निकाल्न सुझाब दियो । मृगौला निकाले विरामी निको हुन्छ भन्दै आश्वासन दिएको कारण परिवारको सहमतिमा संक्रमित मृगौला पनि निकालियो ।

मृगौला निकाले पनि ललिताको अवस्था दिनप्रति दिन विग्रीदै गयो । त्यसपछि पिसाब पनि रोकियो अवस्था झन झन जटिल बन्दै गएको बताएका छन । अन्ततः ललिताको अस्पताल भर्ना भएको ४४ औ दिनमा गत असोज ६ गते मृत्यु भयो । अस्पताल प्रशासनले अप्रेशन गर्नु अघि विरामीको अवस्थाबारे कुनै जानकारी नगराएको, मृगौलामा पिप भएको कुरा लुकाएको र सिटि स्क्यान समेत नगरेको आरोप पीडितको रहेको छ ।

भर्ना भएको एक हप्तामै लेजर प्रविधिबाट अप्रेशन गरेको र विरामीलाई सोही दिन देखि भेन्टिलेटरमा राखेको तर कुनै सुधार नभएको परिवारजनको आरोप छ। पटक पटक अर्को हस्पिटलमा रेफर गर्न अनुरोध गर्दापनि सुधारोन्मुख हुँदैछ भन्दै आलटाल गरेर टारेको पीडितको आरोप छ । झिकिएको मृगौला र मृतकको रिपोर्ट अहिले सम्म अस्पताल प्रशासनले नदिएको बताएका छन । उता अस्पताल प्रशासन र पीडित पक्ष पटक पटक बार्तामा बसेपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन् । पीडित परिवारले ललिताको उपचारमा झण्डै रु. छ लाखको खर्च भएपनि बाँच्न नसकेकोले सो घटनाको वास्तविक छानबिन हुनुपर्ने, पीडितलाई उचित क्षतिपुर्ति तथा दोषी चिकित्सकमाथि आवश्यक कारबाही गर्नुपर्ने माँग गरेका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia