काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार झापा पुगेका उनले नेता–कार्यकर्तासँग भने– मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ । तर म झापा–३ बाटै चुनाव लड्छु ।’

कार्यकर्ताले समानुपातिकमा जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन् । एमाले र माओवादी केन्द्रले वामगठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ ।

त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता समेत परेका छन् । गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छाड्न कांग्रेस तयार भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia