कात्तिक १२ गते देवानगञ्ज/ प्रतिनिधि सभा र प्रदेश सभाकालागि बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सुनसरीको देवानगञ्जमा संयुक्त चुनावी सभा गरेका छन् । बाम गठबन्धले आगामी चुनावको प्रचार प्रसारको सुरुवात सुनसरीको दक्षिणवर्ति सीमा क्षेत्रमा रहेको देवानगञ्ज बजारबाट थालनी गरेका हुन् ।


सभामा दुवै पार्टीले स्थानियहरुलाई लक्षित गरी संयुक्त चियापान तथा पार्टी प्रवेश कार्यक्रम समेत गरेका थिए । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौला प्रमुख अतिथि रहनुभएको सभामा माओवादीका केन्द्रिय सदस्य तथा विना विभागिय राज्य मंत्री जाकिर हुसेन लगायतको उपस्थिती रहेको थियो । सभाकाबिच स्थानीय तह निर्वाचनमा देवानगञ्ज गाउँपालिकामा फोरम लोकतान्त्रिकका तर्फबाट उपाध्यक्षकी उमेद्वार बन्नु भएकी ममुता खातुन सहित संघीय समाजवादी फोरम नेपाल तर्फका विभिन्न वडाका अध्यक्षका उम्मेद्वार सहित पाँच सय बढी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको एमाले नेता पोष्ट नेपालले बताए ।


संयुक्त सभालाई एमालेका तर्फबाट सुनसरी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका दाबेदार रेवतीरमण भण्डारी, खेमराज पोखरेल, जिल्ला अध्यक्ष रमेश बस्नेत, सचिव नन्द बस्नेत लगायतकाले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा बाम गठबन्धनमा आवद्ध नेताहरुले नेकपा एमाले मधेश र मधेशी जनताको हकहीतका सवालमा कटिबद्ध र क्रियाशिल पार्टी भएकाले मधेशको समृद्धिकालागि एमाले सरकार बाहेकको विकल्प नभएको धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia