इनरुवा कात्तिक १८/सुनसरी निर्वाचन क्षेत्र नम्वर ४ अन्र्तगत प्रदेश सभा सदस्य ख कालागि उम्मेदवारी दर्ता गराएका संघीय समाजवादी फोरम नेपालका मनोज कुमार यादवले चुनावी प्रचार सुरु गरेका छन् । यादवले उम्मेद्वारी दर्ता गराएको दोस्रो दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा गई मतदाताहरुलाई भेटघाट गर्दै चुनावी कार्यक्रमलाई तिव्रता दिन थालेका छन् ।
मतदाताहरुको घरदैलो तथा सभा जस्ता कार्यक्रमलाई अघि बढाइएको यादवले बताए । निर्वाचन क्षेत्र नम्वर ४ को प्रदेश सभा ख तर्फ कुल ५२ हजार १ सय ३८ मतदाता रहेका छन् । सो क्षेत्रमा इनरुवा नगरपालिकाको वडा नम्वर ३, ४, ८ सहित भोक्राहा गाउँपालिकाको सबै वडाहरु र हरिनगरा गाउँपालिकाका वडा नम्वर १,२,४,५,६ र ७ पर्दछन् । यादवको प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका मो.ताहिर मियां, बाम गठबन्धनबाट जाकिर हुसेन सँगै राप्रपा प्रजातान्त्रिकका हसबुल मियाँ, राजपाका रघुनाथ महतो लगायत चुनावी प्रतिष्पर्धामा छन् ।








