१९ कार्तिक, अमर काफ्ले इनरुवा। उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक भएसँगै उम्मेद्वारहरुलाई डाकेर मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आचारसंहिता पालनाका बिषयमा स्पष्ट पारेको छ ।  उम्मेद्वारकालागि आयोजित अनुशिक्षण कार्यक्रममा आचार संहिताको पूर्ण पालनाकालागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले सम्वन्धित दल तथा उम्मेद्वारहरुलाई आग्रह गरेको हो ।

चुनावी प्रचारका क्रममा तड्क भडक गर्ने , भोज भतेर गरी मतदातालाई आर्कषित गर्ने, तोकिएका सवारी साधन भन्दा बढी प्रयोगमा ल्याउने, मापदण्ड विपरित हुने तुल,ब्यानर र पार्टीगत झण्डा लगायतका प्रचारका सामाग्री प्रयोगमा ल्याए नियम बमोजिम कार्वाही प्रकृया अघि बढाइने मूख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia