
इनरुवा कात्तिक २३ /सुनसरी क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले चुनावी अभियानको थालनी गरेको छ ।उपप्रधान मंत्री बिजयकुमार गच्छदारले हिजो दुहवीबाट औपचारिक रुपमा सुनसरीमा चुनावी अभियान थालनी भएको घोषणा गरेका थिए ।नेपाली काँग्रेसका उम्मेद्वारहरुले सुनसरी क्षेत्र नम्वर २ मा आजबाट चुनावी अभियान थालेका छन् ।

क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार सीताराम मेहता र प्रदेश सभा ख तर्फका कोइरालाले इनरुवाबाट संयुक्त रुपमा घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् । भगवति र शनि मन्दिरमा पुजाआजागरी दुवै नेताले आफ्नो चुनावी कार्यक्रमलाई अघि बढाएका छन् । क्षेत्र नम्वर २ अन्र्तगतको वडा नम्वर १ बाट नेपाली काँग्रेसका उमेदवारहरुले घरदैलो कार्यक्रम अघि बढाएका छन् । मतदाताका दैलोमा पुगी आफ्नो पक्ष्यमा मत माग्न नेताहरु व्यस्त देखिएका छन् ।

घरदैलो अभियानमा मधेश केन्द्रित दल त्यागी नेपाली काँग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ता सहितको उपस्थिती रहेको थियो ।
सुनसरी क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यतर्फ सीताराम मेहता र प्रदेश सभा क तर्फ हेमकर्ण पौडेल र ख तर्फ पार्टी सभापति राजिब कोइराला चुनावी मैदानमा छन् ।








