२७ कार्तिक, इनरुवा। आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले सर्वपक्षिय बैठकको आव्हान गरेको छ । बैठकमा सुनसरीका मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकाल सहित चारवटै निर्वाचन क्षेत्रका अधिकृत, सुरक्षा निकायका प्रमुख सहित राजनैतिक दलका उमेद्वार र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि दल तथा दलगत उमेदवारहरुलाई आग्रह गरे । मूख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता पालना भए नभएको अध्ययन तथा अनुगमन गरी अटेर गरेको पाइए कार्वाही प्रकृया अघि बढाउने स्पष्ट पारेको छ ।
कार्यक्रममा सहभागि विभिन्न दलका नेता तथा उमेदवारहरुले निर्वाचन आयोगको परिधिमा रहेर प्रचारप्रसार र चुनावी गतिविधीलाई केन्द्रित पार्ने प्रतिवद्धता जनाएका छन् ।








