२ मंसिर, इनरुवा । मंसिर २१ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षितगरी इनरुवामा नमूना मतदान कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीको सहयोगमा शान्तिदीप नेपाल इनरुवाले नमूना मतदान कार्यक्रमको आयोजना गरेको हो । निर्वाचनमा मत बदर नहोस र मतदान प्रकृयाका बारेमा जानकारी दिनकालागि नमूना मतदानको आयोजना गरिएको शान्तिदीप नेपालका अध्यक्ष सुवास राईले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख भक्तबहादुर भट्टराईले आगामी मंसिर २१ गते हुने निर्वाचनमा मतपत्रहरु बदर नहुन भन्ने उद्येश्यल गाउँतथा टोलटोलमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताउनुभयो। कार्यक्रममा इनरुवा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङ, जिल्ला पशु सेवा कार्यालयका अधिकृत मनोज कुमार मेहता सहितको मतदान केन्द्रमा ३ नम्वर वडा सदस्य सरोज, कालिका तिम्सिना लगायतकाले मतदान प्रकृयाबारे जानकारी गराउनु भएको थियो ।  सो कार्यक्रममा महिला,वृद्धवृद्धा,युवा,विद्यार्थी र सर्वसाधरणले मतदान प्रकृयामा सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia