२ मंसिर, इनरुवा । नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्वर २ तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार सीताराम मेहताले मतदाताहरुको घरदैलो अभियानजारी राख्दै सुझाव संकलनको क्रमलाई अघि बढाउनु भएको छ ।

मेहताले घरदैलो अभियान सँगै मतदाताहरुको सुझाव सुन्ने र समाधानका उपायबारे छलफल सहितको प्रतिवद्धता जनाउने गरेका छन् । गरिबको नेताको उपमा पाएका उम्मेदवार मेहताले सुनसरी २ को निर्वाचन क्षेत्रका जनताको उन्नती र विकाससँग जोडेर आएका सुझावलाई कार्यान्वयनमा ल्याउने बताउदै आएका छन् ।

घरदैलोमा पुगेका पूर्व सांसद तथा राज्यमंत्री समेत रहेका मेहता समक्ष मतदाताहरुले खानेपानी, शौचालय,सरसफाई, सडक,ढल,स्वास्थ्य जस्ता क्षेत्रका विषयमा भोग्नु परेको समस्या दर्शाउने गरेका छन् । टोल वस्ती स्तरबाट मतदाताहरुले सामाजिक कामकालागि भन्दै मन्दिर,पुल, पुलेसा, सामुदायिक भवन बनाइन दिन आग्रह गर्दैै सुझाव समेत दिने गरेको उम्मेदवार मेहताले बताउनुभयो । मेहता शनिवार इनरुवा, रामधुनी सहित इटहरी उपमहानगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा राजपा, संघीय समाजवादी फोरम र एमाले सहितका १ सय ५० बढी नेता कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia