२ मंसिर, दिपेन्द्र यादव इनरुवा । विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता तथा कार्यक्रर्ताहरु काग्रेंसमा प्रवेश गरेका छन । भुपेन्द्र सिंह यादवको अध्यक्षतमा राजपा नेपालका गनेशी पण्डित, राजाराम पण्डित, प्रमोद मिश्रा लगायत नेपाली काग्रेंसमा प्रवेश गरेका छन् ।
त्यसैगरी संघिय समाजवादी फोरम नेपालबाट अन्जना साह, सुधिर साह, तेतर पण्डित, लक्ष्मण पण्डित, रामचन्द्र पण्डित लगायतका दर्जनौँ नेता तथा कार्यकर्ताहरु नेपाली काग्रेँसमा प्रवेश गरेका छन्। नव प्रवेसी नेता तथा कार्यक्रर्ताहरुलार्इ सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा सो कार्यक्रमाका प्रमुख अथिती सिताराम मेहताले अविर फुलमला लगाई स्वागत गर्नुभएको थियो । भने सो पार्टी प्रवेश कार्यक्रममा जिल्ला सभापति राजिव कोइराला लगायत नेपाली काग्रेंसका नेता तथा कार्यक्रर्ताहरुको सहभागीता रहेको युवा नेता संतोष शर्माले जानकारी दिए ।








