३ मंसिर, इनरुवा। निर्वाचनलाई लक्षित गरेर भारतबाट साना हातहतियार तस्करी हुने सम्भावनालाई मध्यनजर गर्दै सुनसरी, मोरङ र झापाको नेपाल भारत सीमा नाकामा थप कडाई गरिने भएको छ ।

आइतवार धरानमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहित भारतीय समकक्षी सम्मिलित बैठकले त्यस्तो निर्णय गरेको हो । संयुक्त सीमा सुरक्षा बैठकमा भारतको अररिया र किसनगञ्ज जिल्लाका डीएम र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

बैठकमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित एजेण्डा उपर बैठक केन्द्रित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सहभागी दुवै देशका सुरक्षा अधिकारीहरुले सीमानाकाबाट हुन सक्ने साना हतियारको तस्करी र निर्वाचन विरोधी तत्वलाई मध्यनजर गर्दै समन्वयमा नाकामा कडाई तथा चेकजाँच गर्ने सहमति जनाएको बैठकमा सहभागी जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी कमल थापाले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia