८ मंसिर, इनरुवा। चुनावी प्रचारप्रसारका क्रममा दलले तडक भडक शैली अपनाएको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सचेत गराएको छ । बजार,चोक तथा गल्लीहरुमा तुल,ब्यानर तथा झण्डा लगाउने कार्य बढेको भन्दै सम्वन्धित दल तथा उम्मेदवारहरुलाई तत्कालै त्यस्ता सामाग्री हटाउन कार्यालयले निर्देशन दिएको हो ।

तोकिएको मापदण्ड विपरित गएर उम्मेदवारका पक्षमा प्रचारप्रसार र तुल ब्यानर जस्ता सामाग्रीको प्रयोग बढेको भन्दै अविलम्ब त्यस्ता कार्य रोक्न मूख्य निर्वाचन अधिकृतका कार्यालय सुनसरीले सबैमा आग्रह गरेको छ । सुनसरीका मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले प्रचारप्रसारमा दलहरुले आफुखुशी गर्न थालेकाले सबै राजनैतिक दल तथा उम्मेदवारहरुलाई आचारसंहिताको परिधिभित्र रहेर प्रचारमा केन्द्रित हुन आग्रह गर्नु भयो ।

सुनसरीको इनरुवामा बसेको सवपक्षिय बैठकले तुल, ब्यानर तथा झण्डाहरु हटाउन दलहरुलाई भोलि साँझ ७ बजे सम्मको समय दिएको छ ।सो अवधीमा नहटाइए सुरक्षाकर्मीको रोहवरमा कामदार लगाई हटाइने र सो वापत लाग्ने खर्च सम्वन्धित दलका उम्मेदवारलाई भराइने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली सहित सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले आचारसंहिताको पूर्ण पालनाकालागि कुनै कसुर बाँकी नराखिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia