१२ मंसिर, इनरुवा। सुनसरीमा मतदाता शिक्षाकालागि खटिएका मतदाता शिक्षा स्वयंसेवक विरुद्ध पार्टीगत भोट मागेको उजुरी परेको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा सुनसरी क्षेत्र नम्वर ३ अन्र्तगत बर्जु गाउँपालिकामा खटिएका मतदाता शिक्षा स्वयंसेवकले मतदाता शिक्षाका नाममा पार्टीगत भोट मागेको उजुरी परेको हो ।
मतदाता शिक्षाकालागि खटिएका ४ जनाले नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेको भनि कार्वाहीको माग गर्दै एमाले पक्षधरबाट उजुरी प्राप्त भएको सुनसरीका जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । उजुरी उपर छानविन भैरहेकाले दोषी पाइए कार्वाही गरिने जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताउनुभयो ।








