१५ मंसिर, अमर काफ्ले इनरुवा। सुनसरीमा भोलिबाट मदिराजन्य कारोवार तथा विक्रि वितरण गर्न नपाइने भएको छ । मंसिर २१ गतेको निर्वाचनलाई लक्षित गरी जिल्लाभर भोलिबाट लागुहुने गरी १० दिन मदिराको कारोवारमा प्रतिवन्ध गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुरुप मंसिर १६ गतेबाट २५ गते सम्मकालागि सबै मदिराजन्य कारोवार तथा विक्रिवितरणमा रोक लगाउन लागिएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताए । मदिरा सेवन गरी होहल्लाका साथै शान्ति सुरक्षामा खलल पुग्न जाने र सम्भावित आपराधिक गतिविधी हुन सक्ने भन्दै सुरक्षा सर्तकतालाई मध्यनजर गर्दै जिल्लाभर मदिराको कारोवार र बिक्रि वितरण बन्द गर्न लागिएको एसपी माझीले बताए








