२० मंसिर, दिपेन्द्र यादव इनरुवा। आफूले मन पराएको उम्मेदवारलाई भोट हाल्ने समय अब केही घण्टा मात्र बाँकी रहँदा भोक्राहा, कोशी, गढी, देवानगञ्ज,बर्जु, हरिनगरा लगायत सुनसरीका अधिकांश गाउँपालिका तथा नगरपालिकाहरुमा मतदाताहरुले भोट हाल्ने तरिका जानेका छैनन्।

सुनसरीको भोक्राहा, कोशी, गढी, इनरुवा, रामधुनी, बराहा लगायतका गाउँपालिका तथा नगरपलिकाहरुमा रहेका अधिकांश दलित, जनजाती समुदाय बस्तीमा अहिले सम्म मतदाता शिक्षा कार्यकर्ता पुगेका छैनन् । साक्षरतादर अति कम रहेको यी गाउँपालिकाहरुका बस्तीमा धेरैलाई कुन मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने भन्ने जानकारी छैन। जिल्ला निर्वाचन कार्यालयले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाए पनि त्यो प्रवावकारी देखिएको छैन । समय छोटो भएकाले पनि सबै मतदाताका घर सम्म मतदाता शिक्षा कार्यकर्ता पुग्न सकेका छैनन् । दुईपटक गरेर मतपत्र छापिएकाले पनि तालिम दिन केही ढिला भएको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

भने यता सुनसरीका विभिन्न गाउपालिकाँका अधिकांश पुरुष मतदाता रोजगारीका लागि खाडी मुलुकमा छन् । घरमा बूढापाका, केटाकेटी र महिलाको संख्या बढी छ । गाउँमा अगुवाइ गरेर भोट हाल्न सिकाउने समेत कोही नभएकाले यसपटकको चुनावमा धेरैको मत बिग्रिन सक्ने भोक्राहाका स्थानीय सुरेन्द्र मेहताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia