२९ मंसिर, अमर काफ्ले इनरुवा। मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुनसरीबाट उम्मेदवार बनेका १ सय २१ जनाको जमानत जफत भएको छ । सुनसरीमा प्रतिनिधि र प्रदेशसभा तर्फ कुल १ सय ४६ जना उम्मेदवार मध्ये १ सय २१ जनाले जमानत गुमाएका हुन् ।
सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ ५३ जना उम्मेदवार रहेकोमा पहिलो र दोस्रो हुने ८ जना बाहेक अन्य सबैको जमानत जफत भएको छ ।

त्यसैगरी ८ प्रदेशसभा सदस्यकालागि चुनावी मैदानमा उत्रिएका ९३ जना मध्ये १७ जनाले मात्र जमानत जोगाएका छन् । प्रदेश सभा तर्फ ७६ जनाले जमानत जोगाउन सकेनन् । प्रदेश सभा सदस्य तर्फ पहिलो दोस्रो बाहेक जमानत जोगाउनेमा निर्वाचन क्षेत्र नम्वर ४ ख का संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मनोज यादव मात्रै रहेका छन् । सुनसरीमा जमानत गुमाएकाहरुबाट राज्य कोषमा करिव ८ लाख रकम जम्मा हुने देखिएको छ । जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जमानत जफत भएकाहरुबाट करिब ८ लाख राजश्व संकलन हुने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia