२९ मंसिर, अमर काफ्ले इनरुवा। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन तर्फ सुनसरीमा ५ दशमलव ६२ प्रतिशत मत बदर भएको छ ।
मंसिर २१ गते सम्पन्न निर्वाचनमा सुनसरीमा ६९ दशमलव ३१ प्रतिशत मत खसेको थियो । ४ लाख ७४ हजार ८ सय ३१ मतदाता रहेको सुनसरीमा ३ लाख २९ हजार ९७ जनाले मत खसालेका थिए । खसेको कुल मत मध्ये सुनसरीमा ३ लाख १० हजार ६ सय १४ अर्थात ९४ दशमलव ३८ प्रतिशत औषत मत सदर थियो ।

सुनसरीको कुल बदर मत १८ हजार ४ सय ८३ रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा प्रतिनिधिसभा तर्फ ६ प्रतिशत र प्रदेशसभा सदस्य तर्फ ५ दशमलव २३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिए ।
प्रतिनिधिसभा तर्फ सबै भन्दा बढी सुनसरीको निर्वाचन क्षेत्र नम्वर ४ मा ९ दशमलव ३७ प्रतिशत मत बदर भएको छ । सबैभन्दा कम मत बदर सुनसरी क्षेत्र नम्वर ३ मा भएको छ । क्षेत्र नम्वर ३ मा ४ दशमलव ३० प्रतिशत मत बदर भएको छ । कुल खसेको सदर मतको १० प्रतिशत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia