२ पौष, गोविन्द बस्नेत धरान। धरानस्थित रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालनमा आएको लाइफ केयर औषधि पसल टेन्डर समाप्त भइसक्दा पनि प्रशासनको मिलेमतोमा सञ्चालनमा आएको प्रति नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चल शाखा, इकाई समिति धरानले विरोध जनाएको छ । २०६८ साउन १ मा टेन्डर आवहान भई सञ्चालनमा आएको लाइफ केयरकोे ०७१ साउन ३२ टेन्डर अवधि समाप्त भइसक्दा पनि अस्पताल प्रशासनसंग मिलेमतो गरेर सञ्चालनमा आएको आरोप लगाउदै खोलिएको सो मेडिकल सात दिनभित्र नहटाए आन्दोलन गर्ने औषधि व्यवसायीहरुले चेतावनी  दिएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष मचेन लिम्बुले टेन्डरको म्याद समाप्त भइसकेपछि आफूहरुले औषधि विभाग, जिल्ला प्रशासन कार्यालय, अख्तियारको कार्यालय तथा अस्पताल प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनुवाई नै नभएको भन्दै एक हप्ताभित्र सो मेडिकल नहटाइए तालाबन्दीसहित आन्दोलनलाई अगाडि बढाइने चेतावनी दिनुभयो । पवन अग्रवाल र चन्द्रदत्त पौडेलको संयुक्त लगानीमा सञ्चालनमा आएको लाइफ केयर मेडिकल हल चाडो भन्दा प्रक्रियागत रुपमा हटाउन माग गर्दै प्रतिष्ठानको उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यालय, रेक्टरको कार्यालय, अस्पताल निर्देशकको कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर, औषधि व्यवस्था विभाग विराटनगरमा समेत ज्ञापन पत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia