सुनसरी । सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहले ‘एलन ड्रास अन्तराष्ट्रिय फेलोसिप’ अवार्ड प्राप्त गरेका छन । सन् २०१७ का लागि बालबालिकामा हुने मधुमेह माथि थप अनुसन्धानका लागि उनले ५ हजार डलर राशिको अवार्ड पाएको हुन । ‘इन्टरनेसनल सोसाइटी अफ पेडयटिक एन्ड एडोलोसेन्ट डाइबिटिज (आईएसपीएडी) ले डा.सिंहलाई फेलोसिप प्रदान गरेको हो ।यस्तो अवार्ड नेपालमै पहिलो पटक उनले पाएका हुन । यो अवार्डले ‘बालबालिकामा हुने मधुमेह माथि थप अनुसन्धान गर्ने अवसर प्राप्त भएको छ ‘नेपाली बालबालिकाको हितमा स्वास्थ्योपचार गर्न थप हौसला बढेको छ । उनले उत्साहित हुँदै भने ।
को हुन डा. सिंह
धनुषाको जनकपुर १ शिवपथ स्थायी ठेगाना भएका उनी बिपि प्रतिष्ठानमा बालरोग बिशेषज्ञ हुन । उनलेसन २००३ मा पञ्जाव बिश्वबिद्यालयबाट ब्याचलर, २००५ मा पाकिस्तानबाट एमबीबीएस र सन २०१५ मा पाकिस्तानबाट एमडी र नियोंन मेडिकल युनिवेरसिटी, टोक्यो ,जापानबाट फेलोसिप प्रशिक्षण लगायत अन्य बिभिन्न कोर्षहरु समेत गरेका छन । पाकिस्तानमा समेत लामो समय स्वास्थ्य क्षेत्रमा बिताएका उनले बिभिन्न देशबाट अवार्ड समेत प्राप्त गरिसकेका छन । स्वास्थ्य क्षेत्रका अलावा बिभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनी बाल रोग बिशेषज्ञका रुपमा परिचित रहेका छन ।









