१८ पौष, नरेन्द्र बस्नेत लक्ष्मीमार्ग। ब्लड ब्यान्सरबाट पिडित मोरङको बेलबारी ११ लक्ष्मीमार्गका ७ बर्षीय बालक पारस कार्कीको भारतको गुजरातस्थित टाटा मेमोरियल अस्पतालमा उपचार शुरु भएको छ । एक साताअघि उपचार खर्चको अभावमा छटपटाईरहेका ती बालकको बारेमा विभिन्न पत्रिकामा समाचार प्रकाशित गरेपछि स्थानीयले झण्डै २ लाख चन्दा संकलन गरी प्रारम्भिक उपचारका लागी पठाएका थिए ।

समाचार प्रकाशित भएपछि उनको उपचारका लागी देश तथा बिदेशमा रहेका सहयोगी मनहरुले सहयोग गर्ने बचनबद्धता ब्यत्त गरेका छन । राजधानी काठमाण्डौ लगायत देशका बिभिन्न भाग र अमेरिका, हंगकंग, साउदी, कतार, मलेसिया लगायतका देशबाट सहयोगी मनहरुले खर्च जुटाईरहेको खबर प्राप्त भएको छ। बालकको उपचारका लागी ८ लाख भारु आबश्यक पर्ने बताएको छ । यसबिचमा उनको स्वास्थ्यमा सामान्य सुधार आएको छ। उनको ताजा तस्विरहरु समेत प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia