२२ पौष, मोरंग। विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीको संयोजकत्वमा ११ सदस्य कार्य समिति रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ । विराटनगरमा शनिबार मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भेलाले भण्डारीको संयोजकत्वमा समिती गठन भएको हो । गठित सह–संयोजकमा अम्विका भण्डारी, सचिवमा पुष्पराज थपलिया र कोषाध्यक्षमा निरोज कोइरालालाई चयन गरेको छ ।

घोषित सदस्यहरुमा बाबुराम भण्डारी, प्रेम देवान, भवेश मण्डल, मातृका पौडेल, दिनेश सुव्वा, गोपाल काफ्ले र आषिश विष्ट रहेका छन् । त्यस्तै बन्धु पोखरेल, महेन्द्र विष्ट, विक्रम लेइटल र कुमार लुइटेल(रोहित)लाई समितीको सल्लाहकारमा चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia