new baby२१ मंसिर धरान । मानसिक रुपमा विक्षिप्त भएकी एक महिलाले धरानको मुटु भानुचौकको बीच सडकमा बच्चा जन्माएकी छन् । घर, ठेगाना र नाम फरक फरक बताउने २५ बर्षीय ती महिलाले धरान ६ मा रहेको वडा प्रहरी कार्यालय अगाडि सडकमै एक छोराको जन्म दिएकी हुन् ।घरी भारतको अररिया घर भएको बताउने त घरी सुनसरीको भण्टाबारी घर बताउने मिरा वेगमले सडकमै बच्चा जन्माएपछि आमा र बच्चा दुवैलाई अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आमा बेृगमको मानसिक सन्तुलन ठीक नभएको भन्दै प्रतिष्ठानकै मानसिक विभागमा उपचारका लागि लगिएको छ भने बच्चा स्वस्थ भएपछि राम्ररी दूध चुस्न नसकेको भन्दै बाल आकस्मिक कक्षमा राखिएको छ ।
बच्चा र आमा दुवैलाई उपचारको आवश्यकता भएकोले दुवैलाई उपचार थालिएको प्रसुति भागका चिकित्सक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो । उनीहरुको दुवैको उपचार प्रतिष्ठानले निःशुल्क गरिदिने समेत प्रतिष्ठानले जानकारी दिएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia