बिर्तामोड, ८ चैत । नसढ्ने प्लाष्टिकका फोहोरबाट हैरान हुनुभएको छ ? अब हैरानी खेप्नुपर्दैन। फालिएका प्लाष्टिकबाटै डिजेल उत्पादन हुने भएको छ।यसरी फालिएका प्लाष्टिकबाट पाइरोलाइसिन विधि प्रयोग गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले डिजेल निकाल्न थालेको  हो।

कनकाई नगरपालिकामा मंगलबार यस विभिको प्रयोग गरी एक केजी प्लाष्टिकबाट करिब सात सय मिलिलिटर डिजेल निकालेर प्रयोगमा ल्याइएको हो।यो विधिको सफल प्रयोगसँगै अब कनकाई नगरपालिकाले चाँडै प्लाष्टिकबाट डिजेल निकाल्ने प्रक्रिया अघि बढाउने बताएको छ।

‘नाफा घटाभन्दा पनि सहरलाई सफा र स्वच्छ राख्ने चुनौती छ’, नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भने, ‘अब हामी फोहोरलाई माहोर बनाउने अभियानमा लाग्नेछौँ ।’ नगरभरमा उत्पादन हुने फोहोर प्लाष्टिकको व्यवस्थापन एक करोड रुपैयाँ लागतमा गर्न सकिने नगरप्रमुख पोखरेलले जनाए।विश्वका ६५ मुलुकमा यो विधिद्वारा इन्धन निकालिएको र नेपालमा समेत सफल परीक्षण भइसकेको नास्टका वरिष्ठ प्राविधिक तथा मेसिनका मुख्य निर्माता डा रवीन्द्रप्रसाद ढकालले बताए। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia